हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एक जनाको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । हुम्लामा बाख्रा चराउन जाँदा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । 

शनिबार अदानचुली –३ को माझखर्कस्थित पानीटोट्का भन्ने ठाउँमा बाख्रा चराउन गएका अन्दाजी ३६ वर्षीय बुढा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

बाख्रा चराउन खर्कबाट जंगल हिँडेका बुढा साँझ अबेरसम्म बास बस्ने खर्कमा नआएपछि श्रीमतीले खोजी गर्ने क्रममा पानीटोट्का जंगलको भिरबाट करिब १०० मिटर तल मृतावस्थामा फेला पारेको बुहारी शान्ति बुमी (बुढा) ले बताइन् ।

जंगल घरबाट गल्फागाड खोला पारि टाढाको वनमा भएकाले मृतक बुढाको शव लिन अहिले स्थानीयवासी त्यसतर्फ लागेको उनले बताइन् । यस क्षेत्रमा यतिबेला सबैका पशु चौपाया खर्कमै राख्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?