काठमाडौं । भारतीय बजारमा निकै लोकप्रिय इलेक्ट्रिक स्कुटर ‘एथर’ नेपाल भित्रिएको छ । व्यावसायिक घरान ‘वैद्य इनर्जी’ले एथरलाई नेपाल भित्र्याएको हो ।
नेपाली परिवहन तथा मोबिलिटी क्षेत्रमा सबैभन्दा ठूलो प्रदर्शनी नक्सा मोटर शो २०२५ को अवसरमा, आगामी साउन ३० गते (अगस्ट १५) राजधानीको भृकुटीमण्डप मा एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिनेछ ।
एथर रिज्टा भारतमा स्मार्ट मोबिलिटीको परिभाषा नै बदल्ने स्कुटरको रूपमा स्थापित भइसकेको छ । उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यवहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकैसाथ समेटेर तयार पारिएको यो स्कुटर नेपाली उपभोक्तालाई ध्यानमा राखी डिजाइन गरिएको छ ।
वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रीयांश वैद्य भन्छन्, ‘रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो, जुन नेपालका धेरैजसो उपभोक्ताका लागि उपयुक्त हुनेछ । दक्षतासहितको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्टामार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्व गर्न चाहन्छौँ ।’
रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । यसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी, तथा थप स्टोरेज सुविधाहरू रहनेछन् । सबै एथरको प्रमाणित प्लेटफर्ममा आधारित हुनेछन् ।
प्रदर्शनीमा सहभागीले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी संकलन गर्न र बुकिङ गर्न सक्नेछन् । एथर रिज्टाको आगमनले नेपाली बजारमा कम्पनीको उपस्थिति थप सशक्त बनाउने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया