सातै प्रदेशमा पानी पर्ने, कोशी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

लोकपथ
2k
Shares

काठमाडौं । हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले देशभर सामान्य बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेको छ, जसको असरले अधिकांश भूभागमा मौसम बदली भएको हो।

कोशी र बागमती प्रदेशका केही स्थानमा अहिले हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो पनि देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ। अधिकांश प्रदेशमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज रातिसमेत यस्तै मौसम रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेश तथा बाँकी तराई क्षेत्रका धेरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना छ। तराई क्षेत्रका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?