बैतडीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

लोकपथ
245
Shares

बैतडी । बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–३ गिरीबगरमा करेन्ट लागेर एक किशोरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यु हुने बालक १३ वर्षीय किरण कोली हुन् । उनी डिलाशैनी–३ का स्थानीय केशव कोलीका छोरा हुन् ।

प्रहरीका अनुसार किरण आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका थिए । सोही क्रममा खोलाको छेउमा रहेको विद्युत् पोलमा छोएपछि उनलाई करेन्ट लागेको थियो ।

घटनापछि तत्काल उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?