काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२–०८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्तिमा रिक्त रहेका सिटहरूमा पुनः भर्नाका लागि अनलाइन आवेदन खुला गरेको छ ।
प्रवेश परीक्षा दिई पहिलो तथा दोस्रो मनोनयन सूचीमा नपरेका विद्यार्थीहरूका लागि पुनः आवेदन दिन सकिने व्यवस्था गरिएको हो।
महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आगामी साउन १८ गते, साँझ ५ः०० बजेभित्र अनलाइन आवेदन पेस गर्न अनुरोध गरेको छ। यसअघि साउन ४ गते प्रवेश परीक्षा लिइएको थियो भने साउन ६ गते पहिलो र साउन १३ गते दोस्रो मनोनयन सूची सार्वजनिक गरिएको थियो।
दुवै चरणको मनोनयनपछि पनि विभिन्न शिक्षण संस्थामा सिट खाली रहेकाले ती सिटहरू ‘र्यापअप’को रूपमा अन्तिम पटक भर्ना गर्न पुनः आवेदन खुलाइएको सूचनामा उल्लेख छ।
प्रवेश परीक्षामा सहभागी भई पहिलो वा दोस्रो सूचीमा नपरेका, शिक्षण संस्थासँग सम्बन्धित समस्या भई विभागमा निवेदन दिएका वा अन्तिम चरणमा समावेश हुन चाहने सबै इच्छुक परीक्षार्थीहरूले यो अवसरमा पुनः आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया