सुनसरी । दुहबी नगरपालिका–२ पचिरामा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार को६प ५२४१ र को३२प १५०४ नम्बरका मोटरसाइकलहरू दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँलाई विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका लागि लगिएको थियो । तर, उनको सोही अस्पतालमा उपचारकै क्रममा बेलुका १०ः३० बजे मृत्यु भएको हो ।
दुर्घटनामा नजामुदिन मियाँसँगै पछाडि सवार १७ वर्षीय सबाद आलम पनि घाइते भएका छन् र उनी पनि विराट नर्सिङहोममै उपचाररत छन् । अर्को मोटरसाइकलका चालक, २२ वर्षीय विश्वजित चौधरी पनि गम्भीर घाइते भएका छन् र विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकलमा सवार महेश चौधरी फरार रहेको जानकारी दिएको छ भने उनको खोजी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यस दुर्घटनाले स्थानीय समुदायमा शोक छाएको छ र घाइतेहरूको स्वास्थ्य लाभका लागि सबैले सहानुभूति व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया