अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवको धम्कीपछि दुई वटा आणविक पनडुब्बीलाई उपयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिएको बताएका छन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत रूसलाई १० दिनभित्र युक्रेनसँग युद्धविराम नगरेमा कडा भन्सार लगाउने चेतावनी पनि दिएका थिए ।
त्यसको प्रतिक्रिया स्वरूप मेदवेदेवले ट्रम्पको अभिव्यक्ति अमेरिका–रुस युद्धतर्फको संकेत भएको बताएका थिए । साथै, रूससँग ‘डेड ह्यान्ड’ नामक खतरनाक परमाणु प्रतिउत्तर प्रणाली रहेको उल्लेख गरेका थिए ।
ट्रम्पले मेदवेदेवलाई ‘असफल राष्ट्रपति’ भन्दै तीव्र आलोचना गरेपछि दुवै नेताबिच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ ।
पेन्टागनका अधिकारीहरूका अनुसार यस्ता पनडुब्बीहरू सधैँ तयारी अवस्थामा रहने भएकाले ट्रम्पको आदेश बढी ‘बयानबाजी’ हो । परमाणु हतियारसम्बन्धी सार्वजनिक चेतावनी गैर जिम्मेवार ठहरिएको छ ।
रूसी राष्ट्रपति पुटिनले भने वार्ताको पक्षमा रहेको र हाल युद्धको गति आफ्नो पक्षमा रहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया