काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबिचको सम्बन्धलाई अझ सुदृढ गर्दै दुवै देशले विपद् पूर्वतयारी, पूर्व सूचना प्रणाली र दिगो पर्वतीय विकासमा संयुक्त प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिमालय क्षेत्र र पारिस्थितिक प्रणालीको संरक्षणका लागि चीनसँग सहकार्य आवश्यक रहेको बता ए।
‘विश्व जलवायु संकटको सामना गरिरहेको बेला नेपाल र चीनले एक आपसमा सहयोग गरेर आफ्नो साझा पर्वतीय पारिस्थितिककीलाई जोगाउने प्रयास गर्नु जरुरी छ,‘प्रधानमन्त्री ओली भने ।
उनले रसुवामा हालैको विपद्ले दुवै देशमा ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै यस्ता घटनाहरूको सामना गर्न पूर्वाधार, सूचना प्रवाह र जोखिम न्यूनीकरणमा सहकार्य गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले पूर्वाधार र कनेक्टिभिटी क्षेत्रमा चीनको सहयोगले नेपाललाई भौगोलिक अवरोध पार गर्न सघाएको उल्लेख गरे । साथै, चीनले राष्ट्रिय पुनरुत्थानका क्षेत्रमा गरेको प्रगति नेपालका लागि प्रेरणा भएको पनि बताए ।
‘सभ्यतागत ऐतिहासिक सम्बन्ध, सांस्कृतिक सामीप्यता र पारस्परिक सम्मानले नेपाल–चीन सम्बन्ध जनस्तरमै आत्मीय र समृद्ध बनेको छ,‘ प्रधानमन्त्री ओलीले भने।
उनको भनाइमा नेपाल–चीन सम्बन्ध केवल राजनीतिक वा आर्थिक साझेदारी नभई साझा प्राकृतिक, सांस्कृतिक र मानविक सम्पदाको संरक्षण र प्रवर्द्धनमा केन्द्रित हुनु आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया