पाल्पामा नहरले बगाउँदा एक वृद्धको मृत्यु

लोकपथ
385
Shares

पाल्पा । रामपुर नगरपालिकामा रहेको सिँचाइ नहरले बगाउँदा एक वृद्धको ज्यान गएको छ ।

रामपुर–४, सुधार टोल क्यामुनाघारीका ७२ वर्षीय धनबहादुर थापाको आज बिहान रामपुर नहर फाँट सिँचाइ जल उपभोक्ता आयोजनाअन्तर्गतको नहरमा बगेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रहरी निरीक्षक रामबहादुर नेपालीका अनुसार थापा बिहान एक्लै घरबाट निस्किएका थिए । केही समयपछि उनी रामपुर–५, बेझाँडस्थित नहरको दुई नम्बर शाखामा बगिरहेको अवस्थामा भेटिएका थिए  तत्काल उद्धार प्रयास गरिए पनि उनलाई बचाउन सकिएन ।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?