काठमाडौं । यो साता शेयर बजार २.०१ प्रतिशत अर्थात् ६० अंक घटेको छ । गत साता २९८२ अंकमा रहेको बजार यो साता २९२२ मा झर्यो ।
यो साता बजारले गत वर्षको उच्चतम रेकर्डलाई तोड्यो । गत मंगलबार शेयर बजार ३००२ अंकमा पुगेको थियो । यसअघि गत वर्षको साउन ३१ गते बजार ३ हजार अंक पुगेर झरेको थियो । २०७८ भदौ २ गते बजारले हालसम्मकै उच्चतम अंक ३१९८ को रेकर्ड बनाएको छ ।
यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन बढ्यो । आइतबार १८.४४ अंक घटेको बजार सोमबार ७.१० बढ्यो । मंगलबार ३०.७६ अंक बढेर ३००२ अंकमा पुग्यो र गत वर्षको उचाइ जित्यो । बुधबार ४७.९३ र बिहीबार ३१.५० अंक घट्यो ।
यो साता कारोबार रकम उल्लेख्य छ । आइतबार २६ अर्ब ५७ करोडको कारोबार भयो । यो कारोबार रकम गत वर्षको भदौ २ यताकै उच्च हो । सोमबार १९ अर्ब ३६ करोडको भयो । मंगलबार १८ अर्ब ५२ करोडको कारोबार भयो । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया