२०७८,श्रावण,८,शुक्रवार

काँग्रेस मधेस र देश हाम्रो हो, हाम्रै रहन्छ भन्ने मान्यता राख्छ : निधि

२०७४,कार्तिक,२०,सोमवार १५:४०


जनकपुरधाम, २० कात्तिक – नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले देशमा एक दलीय अधिनायकवादी कम्युनिष्ट शासनको प्रभूत्वका लागि वाम गठबन्धन गरिएको आरोप लगाउनुभएको छ काँग्रेस धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित बृहत् भेलामा उहाँले भन्नुभयो –“नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाप्त गर्ने खतरनाक गठबन्धन हो ।”नेता निधिले उम्मेदवार चयनमा विभिन्न कारणले त्रृटि भए पनि सो प्रतिको असहमतिलाई बिर्सिदै एक ढिक्का भई निर्वाचनमा होमिन आग्रह गर्दै “काँग्रेस मधेस र देश हाम्रो हो, हाम्रै रहन्छ भन्ने मान्यता राख्छ” भन्नुभयो काँग्रेसकै पहलमा राजर्षि जनक विश्वविद्यालय स्थापना गर्ने विधेयक पारित हुनुलाई आपूmले देशमा बहुदलीय व्यवस्था स्थापना भएको हर्षझै लिएको उल्लेख गर्दै उहाँले सरकारले जनकपुरधामको प्राचीन सम्पदाको विकास गर्ने उद्देश्यले मणिमण्डप र पोखरीका लागि करौडौँको योजना अघि सारेको धारणा व्यक्त गर्नुभयो नेता निधिले लोकतान्त्रिक गठबन्धन टुटेको छैन भन्दै निर्वाचनमा तालमेल सन्दर्भमा कतिपय स्थानमा गठबन्धन नहुनुलाई गठबन्धन टुटेको अर्थमा नलिन आग्रह गर्नुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२०,सोमवार १५:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिवद्ध भएर

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको एकताले संविधान र संसद जोगाएको बताएका छन्। ४३ औँ पुष्पलाल स्मृति

काठमाडौँ । नेकपा एमाले (माधव पक्ष) की नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनताहरु जहिल्यै भ्रष्टाचारको शिकार हुने

ताजा समाचार

पोखरा–ढाका सिधा हवाई उडानबारे छलफल
 २०७८,श्रावण,८,शुक्रवार २१:४९
भक्तपुरको जङ्गलमा भेटियो मानव कङ्काल
 २०७८,श्रावण,८,शुक्रवार २१:४३
महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६