काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सो पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट राजीनामा दिएर जान सुझाव दिएका छन् ।
एक अन्तर्वार्तामा सम्मानित नेता खनालले एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि जवाफमा अध्यक्ष नेपालले यस्ता सुझाव दिएका हुन् ।
पूर्वप्रधानमन्त्री र एमालेको पूर्वअध्यक्षसमेत रहेका खनाललाई नेपालले पार्टी निर्णय नमान्ने नेताहरूको सूचीमा एक नम्बरमा रहेको पनि आरोप लगाए । उनले खनाललाई पार्टीमा बस्ने अधिकारसमेत नभएको बताए ।
उनले आफूलाई लागेको केस भ्रष्टाचारको केस नै नभएको दाबी गरे । उनले भने आफूमाथि लागेको भ्रष्टाचारको मुद्दा राजनीतिक प्रतिसोध भएको दाबी गरे । उनले आफूमाथि पूर्वाग्रह भएको कुरा सबैले बुझेको र आफूले एक पैसा पनि तलमाथि नगरेको दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया