यी हुन् गृह मन्त्रालयले खटाएको स्थानमा नजाने अधिकृत र नायव सुब्बा, २४ घण्टे उर्दी जारी

लोकपथ
3.4k
Shares

काठमाडौं । गृह मन्त्रालयले सरुवा/पदस्थापन गरिएको कार्यालयमा हाजिर हुन २४ घण्टे उर्दी जारी गरेको छ । निर्णय भएको एक महिनासम्म पनि खटाएको स्थानमा नगएपछि गृह मन्त्रालयले २४ घण्टे उर्दी जारी गरेको हो ।

गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो । सो उर्दी आज शुक्रबार मन्त्रालयको वेभ पोर्टलमा राखिएको छ । जसमा १८ शाखा अधिकृत र ५ नायब सुब्बा सरुवा/पदस्थापन गरिएको कार्यालयमा नगएको देखिएको छ । 

खटाएको स्थानमा नजानेमा गत असार १६ गते निर्णय भएका १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृत छन् भने साउन १८ गते निर्णय भएका ५ नायब सुब्बा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?