काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा अन्ततः राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बुढानीलकण्ठस्थित निवासमै बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएपछि लामा राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।
संसदीय दलको नेतामा पराजित भएपछि पनि लामाले मुख्यमन्त्रीबाट राजीनामा नदिने बताउँदै आएका थिए ।
बिहीबार साँझ देउवा निवास बुढानीलकण्ठ पुगेका लामालाई देउवाले लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न भनेका थिए । जवाफमा लामाले आफ्ना साथीहरूसँग छलफल गरेर निर्णय गर्ने भनेका थिए ।
प्रदेश सांसद रामकृष्ण चित्रकारका अनुसार देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले छलफल गर्न आज दिउँसो आफू निकटका सांसदहरूलाई बोलाएका छन् । आजको छलफलबाट राजीनामाका विषयमा के गर्ने भन्ने निर्णय हुने चित्रकारको भनाइ छ ।
स्रोतका अनुसार आज साँझसम्म मुख्यमन्त्री लामाले आफ्नो निर्णय गर्नेछन् । उनले मुख्यमन्त्रीबाट राजीनामा नदिएको खण्डमा आफ्ना मन्त्रीहरूलाई विश्वासको मत फिर्ता लिएर सरकार छाड्न एमालेले निर्देशन दिइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया