काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टालिन शैलीमा आफ्ना विरोधीहरूलाई पार्टीबाट हटाउने गरेको आरोप लगाएका छन् ।
फेसबुकमार्फत भट्टराईले लेखेका छन्, ‘नेपालका कम्युनिस्ट नेताहरूले भौतिक सफाया नगरे पनि राजनीतिक र सांगठानिक रूपमा आलोचकहरूलाई हटाउने क्रम जारी छ, जुन इतिहासकै ठूलो विडम्बना हो ।’
उनले पार्टीभित्र आलोचना गर्नेहरूलाई आरोप लगाएर सदाका लागि छुट्टाउने प्रवृत्ति हाबी भएको उल्लेख गर्दै, समाजवाद र मानव उन्नयनको वैकल्पिक बाटो खोज्न सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया