काठमाडौं । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ १३ सय रुपैयाँ घटेको छ । मंगलबार १ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुन हिजो बुधबार १ लाख ९३ हजार ६ सयमा झरेको थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २२७० रुपैयाँ रहेको चाँदी यस दिन २२३५ रुपैयाँमा झरेको छ । यसअघि मंगलबार २३१० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया