कोदो दिवसको शुभकामना दिँदै प्रधानमन्त्रीले भने–  ‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकार उपभोग गरौँ’

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय कोदो दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै कोदो उत्पादन बढाउन र यसका परिकार उपभोग गर्न आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न मात्रै नभई पोषणीय दृष्टिले समेत अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले कोदोले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सहयोग पुर्‍याउँछ । यसमा पाइने फाइबरले हृदय स्वास्थ्यलाई मजबुत बनाउन मद्दत गर्छ ।’

सिँचाइ सुविधा नहुँदा पनि उत्पादन गर्न सकिने गुणकारी खाद्यान्न कोदोलाई प्रवर्द्धन गर्न सरकारले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने निर्णय गरेको जानकारी उनले दिएका छन् ।

प्रधानमन्त्री ओलीले कोदोको खेती विस्तार गर्न तथा यसबाट तयार पारिएका परिकारहरूलाई दैनिक आहारमा समावेश गर्न आम जनतालाई सुझाव दिएका छन् ।

‘कोदो उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ १ कोदो दिवसको शुभकामना !’ उनले सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?