आचार्य र बललाई प्रतिभा सम्मान र पुरस्कार

काठमाडौँ, २० कात्तिक-नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ शनिबार बेलायतको हाइवेकममा प्रतिष्ठानका नवनिवार्चित अध्यक्ष दीपा लिम्बू राईको अध्यक्षतामा बसेको प्रतिष्ठानको बैठकले वरिष्ठ स्रष्टा वेणु आचार्यलाई ‘प्रतिभा सम्मान’ र युवा स्रष्टा फूलमान वललाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । सम्मानमा रु २० हजार, ताम्रपत्र र दोसल्ला तथा पुरस्कारमा रु एक लाख र ताम्रपत्र रहने प्रतिष्ठानले जनाएको छ धरानका आचार्यका ‘असमान यी धर्तीका तस्वीरहरु’ र ‘एक चोक्टा इतिहास’ कवितासङ्ग्रह र एक मुक्तकसंग्रह प्रकाशित छन् । त्यसैगरी काभ्रेपलाञ्चोकका वलका ‘काजोल खातुन’ कथासंग्रह, ‘महाभारतकी मैच्याङ’ कवितासंग्रह र ‘म्हेन्दोमाया’ नाटक प्रकाशित छन् । सम्मान तथा पुरस्कार जनवरी अन्तिम साता काठमाडौंमा दिइने प्रतिष्ठानका कोषाध्यक्ष देवेन्द्र खेरेसले जानकारी दिनुभयो बैठकले संस्था स्थापनाको एक दशक पुगेको अवसरमा भाषा, साहित्य तथा साङ्गीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएबात संगीत साधना प्रतिष्ठान, नेपाल (इटहरी, सुनसरी), सुदूर पश्चिमान्चल साहित्य समाज (धनगढी, कैलाली), र पारसमणि प्रधान शालिक संरक्षण समिति (सिलगुढी, पश्चिम बंगाल, भारत)लाई विशेष सम्मान गर्ने निर्णय गरेको महासचिव मिजास तेम्बेले बताउनुभयो । यसैबीच शनिबारै सम्पन्न प्रतिष्ठानको तेस्रो सम्मेलनले राईको अध्यक्षतामा गणेश राई र टंक वनेम उपाध्यक्ष, तेम्बे महासचिव, नरेश नाति सचिव, अञ्जु अञ्जली सहसचिव, खेरेस कोषाध्यक्ष र चोक गुरुङ सहकोषाध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?