बुहारीलाई हटाएर नाउपाको अध्यक्ष बने लालवीर

लोकपथ
2.4k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएको छ ।

नाउपाको बिहीबार बसेको राष्ट्रिय भेलाले प्रतिनिधि सभा सदस्य समेत रहेका लालवीरलाई अध्यक्ष बनाएको हो । उनी नाउपाका संरक्षक रेशमलाल चौधरी तथा निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठको ससुरा समेत हुन् ।

यसअघि नाउपाले रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाएको थियो ।

उनले आफूले अध्यक्षको जिम्मेवारी पाइसकेपछि पार्टीलाई विधि र पद्धतीका आधारमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामीले धेरै मन्थन गरेर आठौँ दिनमा अध्यक्ष परिवर्तन गर्ने निष्कर्षमा पुगेका हौँ । सम्पूर्ण संघ र प्रदेशका सांसदहरुलाई बन्दीको निकासका लागि धन्यवाद दिन चाहन्छु । मैले अध्यक्षको जिम्मेवारी पाइसकेपछि विधि र पद्धतीका आधारमा नाउपालाई अघि बढाउनेछु,’ उनले पत्रकारहरुसँग भने ।

त्यस्तै यसअघिकी अध्यक्ष रञ्जिता श्रेष्ठले डेढ वर्षसम्म बैठक समेत नराखेकाले पार्टीभित्र विवाद चर्किँदै गएको उनको आरोप रहेको छ ।

पछिल्लो दिनहरुमा नाउपामा विवाद चर्किँदै जाँदा रञ्जिताले पार्टी उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् । केही दिनअघि रञ्जिता घुस काण्डमा मुछिएपछि अख्तियारले बयान समेत लिएको थियो । भ्रष्टाचारको काण्डमा मुछिएपछि पार्टीभित्र चौतर्फी दबाब बढेसँगै उनले आफ्नो अध्यक्ष पद समेत गुमाउने अवस्थामा पुगेकी हुन् । तर उनले उक्त भेलालाई अवैध भेला भन्दै त्यस्तो भेलाले आफूलाई अध्यक्षबाट हटाउन र नयाँ अध्यक्ष चयन गर्न नसक्ने प्रतिक्रिया दिँदै आइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?