लेट मेइन स्किन हस्पिटलसँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो छुट योजना

लोकपथ
28
Shares

काठमाडौं ।  एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई स्किन केयर सेवामा विशेष छुट दिने भएको छ ।

बैंकले काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको कोरियन स्किन हस्पिटल ‘लेट मेइन’ सँग सम्झौता गरेको हो ।

यो सहकार्यपछि बैंकका ग्राहकहरूले लेट मेइनबाट सेवा लिएर डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

लेट मेइनमा अनुहारको छाला उपचार, लेजर थेरापी, ब्राइटनिङ थेरापी, एण्टी–एजिङ थेरापी, पिग्मेन्टेशन तथा दाग हटाउने जस्ता सेवामा १० प्रतिशत छुट र कोरियन उत्पादन सामग्रीमा ८ प्रतिशत छुट दिइनेछ ।

छुट सुविधा पाउन ग्राहकले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नु पर्नेछ, वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

बैंकले यो सहकार्यबाट ग्राहकलाई गुणस्तरीय सेवा सजिलै पाउने र डिजिटल भुक्तानीलाई प्रोत्साहन हुने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?