काठमाडौं । नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) र यातायात व्यवस्था विभागबिच आज छलफल भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी विद्युतिय सवारीसाधनसम्बन्धी नीतिगत विषयहरूमा विचार विमर्श गरेको हो ।
छलफलमा वारेन्टी–ग्यारेन्टीको स्पष्टता, चार्जिङ स्टेसन तथा अथराइज्ड सर्भिस सेन्टरको आवश्यकता, प्रयोग गरिएका ब्याट्रीहरूको व्यवस्थापन, इम्बोस्ड नम्बर प्लेटको अनिवार्यता, भन्सार मूल्यांकनका आधार, सिट संख्या र मोटर क्षमतासम्बन्धी मापदण्डहरूमा ध्यान दिनुपर्ने विषयहरू उठाइएको थियो ।
नाडा अध्यक्ष चौधरीले निर्देशिका बुँदागत रूपमा पुनरावलोकन आवश्यक रहेको धारणा राखे भने उपाध्यक्ष राजनबाबु श्रेष्ठले निर्देशिकालाई नेपालको सन्दर्भमा व्यवहारिक बनाउनुपर्ने बताए ।
महानिर्देशक पोखरेलले नीति अभावकै कारण निर्देशिका ल्याउन लागिएको बताउँदै, निजी क्षेत्रको भूमिकालाई सकारात्मक रूपमा लिएर सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
छलफलमा सवारी टेष्टिङ्ग फेसिलिटी स्थापना गर्ने प्रस्ताव पनि उठाइएको थियो। बैठकमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, कार्य समिति सदस्य यमुना श्रेष्ठ, सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया