आईसीसी टी–२० विश्वकपको छनोट खेल नेपालमा हुने

लोकपथ
1k
Shares

काठमाडौं । आगामी वर्ष २०२६ को आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता नेपालमा हुने भएको छ ।

आगामी वर्ष इङल्याण्ड र वेल्समो आईसीसी महिला टी–२० हुँदैछ । उक्त प्रतियोगिता आगामी वर्षको जनवरी १२ देखि फेब्रुअरी २ सम्म हुनेछ ।

नेपालको ऐतिहासिक आयोजनामा १० टोलीबिच प्रतिष्पर्धा हुने बताइएको छ । जसमा शीर्ष ४ टोलीले मुख्य विश्वकपका लागि स्थान बनाउनेछन् । विश्वकप सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इङ्ल्याण्ड र वेल्समा हुनेछ ।

थाइल्यान्ड र नेपाल एसिया क्षेत्रीय मार्गबाट छनोट भएका छन् भने अमेरिकाले अमेरिका क्षेत्रबाट आफ्नो स्थान सुरक्षित गरेको छ ।

बाँकी पाँच स्थानहरू अफ्रिका र युरोपबाट दुई-दुई टोली र पूर्वी एसिया(प्रशान्त क्षेत्रबाट एक टोलीले सम्बन्धित क्षेत्रीय छनोट पूरा गरेपछि प्राप्त गर्नेछन् । नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीहरूलाई दुई समूहमा पाँच(पाँच टोलीको रूपमा विभाजन गरिनेछ । त्यसपछि सुपर सिक्स चरण र फाइनल हुनेछ । प्रतियोगिताको पूर्ण तालिका चाँडै घोषणा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?