पंकज पौडेलले तीजका लागि ल्याए ‘साईलो दाई’ [भिडियो]

लोकपथ
609
Shares

काठमाडौं । नेपालीहरुको रमाईलो पर्वको रुपमा रहेको हरितालिका तिज नजिकिँदै गर्दा सर्जक पंकज पौडेलले मौलिक तिजको गित ‘साईलो दाई’ बजारमा ल्याएका छन् ।

पौडेलले आफ्नो युट्युब च्यानल ‘पंकज पौडेल’ मार्फत उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । ‘मनमा पिर नहुने को होला र साँईलो दाई’ यो गित टिकटकमा भाईरल बन्दै गएको छ ।

गायक विक्रम पौडेल र अस्मिता डल्लाकोटीको आवाज रहेको उक्त गितका शब्द विक्रम पौडेलको रहेको छ । त्यस्तै संगीत संगित पंकज पौडेल र महेन्द्र भण्डारीको रहेको छ ।

गीतको एरेन्ज महेन्द्र भण्डारी र रेकडिङ्ग सागर पराजुली र गोविन्द पराजुलीले गरेका छन् ।

प्रेम थापाको निर्देशन र कोरियोग्राफ रहेको म्युजिक भिडियोमा चर्चित मोडल लोमश शर्मा र विना राउतले अभिनय रहेका छन । गितको सम्पादन अमृत चापागाईले गरेका हुन्

तीज नजिकिँदै गर्दा बजारमा आएको उक्त गीतले आगामी तीजमा तहल्का पिट्ने अनुमान गरिएको छ । दर्शकहरुले युट्युब च्यानलको कमेन्ट बक्स तथा सामाजिक सञ्जालमा सेयर गरेर सकारात्मक प्रतिक्रिया दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?