शीर्ष नेताहरुसहित बालुवाटारमा जुटे ओली–देउवा

लोकपथ
728
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिचको बैठक सुरु भएको छ ।

दुवै दलका अन्य केही शीर्ष नेताहरुसहित ओली र देउवाबिचको बैठक सुरु भएको हो ।

प्रधानामन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा एमालेका तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल उपस्थित रहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट देउवासहित कांग्रेस नेता समेत रहेका गृहमन्त्री रमेश लेखक र उपसभापति पूर्णबहादुर खड्का सहभागि रहेका छन् । बैठकमा महान्यायाधिवक्ता रमेश बडाल समेत उपस्थित रहेका छन् ।

आजको बैठकमा सरकारको कामबारे समीक्षा गर्ने लगायतका कार्यसूची रहेको छ । त्यस्तै पछिल्ला दिनहरुमा केही मन्त्रीहरुमाथि प्रश्न उठिरहेको छ । ती मन्त्रीहरुलाई हटाउनेबारेमा समेत छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?