सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

लोकपथ
714
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदैछन् ।

आज अपरान्ह बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

सरकारमा सामेल दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सामेल कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ मत आवश्यक पर्छ । त्यसो त प्रदेश सभामा नेकपा एमालेको ११, नेपाली कांग्रेसको १८ सिट रहेको छ । जसकारण मुख्यमन्त्री शाहले सहजै विश्वासको मत प्राप्त गर्न सक्नेछन् ।

यसअघि सरकारमा नाउपाबाट वनमन्त्री बनेका रामेश्वर चौधरी आर्थिक लेनदेनमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले राजीनामा दिन भनेका थिए । अटेर गरेपछि शाहले चौधरीलाई बर्खास्त गरेसँगै नाउपा रिसाएको थियो ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजनका लागि आज अपरान्ह ५ बजे प्रदेश सभा बैठक बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?