काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन, बुधबार यसको मूल्य १ लाख ९४ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलाको २ हजार ३१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलमा ४० रुपैयाँले घटेर २ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया