काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए । उनले पहाडमा जमिनहरु खाली हुने, खेती नगर्ने तर युवाहरु काम भएन भनेर विदेश जाने क्रम बढेको बताए । उनीहरुलाई कृषि कर्ममा लगाउन सके धेरैले स्वदेशमै रोजगारी पाउने बताए ।
नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र कृषि नै रहेको भन्दै यसले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड् नसक्ने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको बताए । नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने बताए । कुनै पनि मुलुकलाई समृद्ध बनाउन कृषि महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरे । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्ने बताए । औद्योगिक, पर्यटन, सामाजिक, सेवा क्षेत्र लगायत सबै क्षेत्रको विकासका लागि कृषि क्षेत्रको रुपान्तरण आवश्यक रहेको बताए ।
बहुसंख्यक जनंख्या जोडिएको कृषि क्षेत्रलाई रुपान्तरण गर्न नसके नेपालको आर्थिक विकास चुनौतीपूर्ण बन्ने बताए ।
महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको बताए । राष्ट्र निर्माणमा युवालाई जोड्न जरुरी रहेको बताए । महासचिव पोखरेलले मधेश प्रदेश सुख्खाग्रस्त बनेको भन्दै सरकारले विभिन्न योजनासहित काम गरिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया