ट्रम्पद्वारा भारतविरुद्ध कठोर भन्सार नीति लागू, भोलिदेखि कार्यान्वयनमा 

लोकपथ
882
Shares

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्, जुन शुक्रबारदेखि लागू हुनेछ ।

ट्रम्पले भारतसँगको व्यापार घाटा गम्भीर भएको र भारतीय बजारमा अमेरिकी वस्तु प्रवेशमा अवरोध गरिएको आरोप लगाएका छन् । साथै, भारतले रूसबाट ऊर्जा तथा सैन्य सामग्री खरिद गरेको भन्दै उनले आलोचना समेत गरे ।

यो दर इन्डोनेसिया, फिलिपिन्स र जापानजस्ता अन्य एसियाली देशहरूमाथि लगाइएका भन्सार दरभन्दा धेरै हो । विश्लेषकहरूका अनुसार यसले भारतप्रति अमेरिकाको कडा नीति संकेत गर्छ र भारतमा लगानी गरिरहेका अन्तर्राष्ट्रिय कम्पनीहरूलाई असर पार्न सक्छ ।

अमेरिकाले भारतको कृषि र डेरी बजारमा पहुँच माग्दै आएको तर भारतले अस्वीकार गरेपछि सहमति नभएपछि ट्रम्पले उच्च भन्सार लगाउने निर्णय लिएको बताइएको छ ।

व्यापारिक मतभेदले दुई लोकतान्त्रिक देशहरूबिचको सम्बन्धमा तनाव सिर्जना गर्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?