विधान महाधिवेशनको व्यवस्थापनका लागि एमालेमा जिम्मेवारी बाँडफाँट, कुन नेतालाई के ?

लोकपथ
609
Shares

काठमाडौं । भदौमा हुन गइरहेको एमाले विधान महाधिवेशनको व्यवस्थापनका निम्ति नेताहरूलाई जिम्मेवारी तोकिएको छ । 

पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले विभिन्न नेतालाई महाधिवेशन व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या यकिन गर्न संगठन विभागलाई जिम्मा दिएको छ । यस्तै, स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख कृष्णगोपाल श्रेष्ठलाई, स्वयंसेवक परिचालनको जिम्मा पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई, सचिवालय र खानाको व्यवस्थापनको जिम्मा कार्यालय सचिव डा. भीष्म अधिकारीलाई, यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठलाई दिइएको छ ।

यस्तै, महाधिवेशन प्रचारको जिम्मा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमलाई, स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमका निम्ति केन्द्रीय सदस्य हेमराज राईलाई जिम्मा दिइएको छ ।

विधान महाधिवेशनमा २ हजार २ सय ७९ प्रतिनिधि सहभागी हुनेछन् । एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?