स्पेयर्स पार्ट्स र दक्ष प्राविधिकको ग्यारेन्टीसहित क्याटका उत्पादन बजारमा

काठमाडौं, २० कात्तिक— बतास ट्याक्टर्स प्रालिले क्याटर पिलर (क्याट) का उत्पादनहरु मुलुकका सबै प्रमुख शहरहरुमा उपलब्ध गराएको जनाएको छ बतास अर्गनाइजेसन अन्तर्गतको बतास ट्याक्टर्स अमेरिकी हेभी इक्युपमेन्ट ब्राण्ड पिलरको नेपालको लागि एकमात्र आधिकारिक विक्रेता हो कम्पनीले क्याटर पिलरका एक्स्क्याभेटर, ह्विल, लोडर, ब्याकहो लोडर ४२६, मोटर ग्रेडर, डोजरलगायतका हेभी इक्युपमेन्टहरु काठमाडौंसहित नारायणगढ, बुटबल, नेपालगन्ज, धनगढी, हेटौडालगायतका मुख्य सहरहरुमा उपलब्ध गराएको विज्ञप्तिमार्फत जनाएको छ ती स्थानहरुमा पर्याप्त स्पेयर्स पार्ट र दक्ष प्राविधिकको ग्यारेन्टीसहितको सेवा सुरु गरिएको पनि कम्पनीले जनाएको छ कम्पनीले मुलुकभर २४ घण्टाभित्रै दक्ष प्राविधिकसहितको सेवा उपलब्ध गराउँदै आएको समेत जनाएको छ भने अपरेटर ट्रेनिङका लागि सिमेलेटरको सेवा समेत उपलब्ध गराउँदै आएको छ । क्याट मेसिनहरुमा बिना इन्जेक्टर जडित मेकानिकल फ्यूल पम्प रहेकाले जस्तोसुकै डिजेललाई पनि आफैं प्रशोधन गर्ने क्षमता रहेका कम्पनीले जनाएको छ । कम्पनीले मेसिनबारे व्यवसायीहरुबाट सकारात्मक प्रतिक्रिया पनि आइरहेको भन्दै यसबाट थप उत्साहित भएको जनाएको छ कम्पनीका कार्यकारी निर्देशक दीपेन्द्र मल्लले क्याटका मेसिन संसारभर नम्बर १ हुन् भन्ने स्थापित भइसकेकाले आफूहरुलाई नेपालमा ब्रान्डिङ गर्न सजिलो भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?