उदयपुर । उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
गम्भीर घाइते भएका विश्वकर्मालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया