काठमाडौं । मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा रु दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व संकलन गरेको छ ।
उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारीसाधनबाट उक्त रकम संकलन भएको हो ।
आव २०८०/८१ मा ४७ हजार ८९९ सवारीसाधनलाई कारबाही गरेर रु तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन भएको थियो । मकवानपुरमा आव २०८१/८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया