काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावले गर्दा देशका अधिकांश पहाडी भूभागमा सामान्य बदली रहनुका साथै तराई क्षेत्रमा आंशिक बदली देखिएको छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ भने मधेश, लुम्बिनी, र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा जारी छ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि कोशी, मधेश र सुदूरपश्चिमका पहाडी क्षेत्रमा सामान्य बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया