काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरण लगायतका भ्रष्टाचारविरुद्ध सदन र सडक दुवै स्तरमा संघर्ष गर्ने निर्णय गरेको छ।
बुधबार रुपन्देहीको भैरहवामा बसेको संसदीय दलको बैठकले भिजिट भिसाको नाममा भइरहेको भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्ष निकालेको हो । बैठकले आन्दोलनलाई संसद्मा मात्रै सीमित नराखी सडकमा समेत लैजाने निर्णय गरेको छ।
त्यसैगरी, भूमि, निजामती, शिक्षा लगायतका विधेयकमा संसद्को अधिकार अतिक्रमण भएको भन्दै सांसदहरूलाई सदनमा सशक्त रूपमा बोल्न निर्देशन दिइएको छ।
बैठकले लुम्बिनी प्रदेशका जनताले झेलिरहेको समस्यासहित पर्यटन क्षेत्रमा देखिएका चुनौतीहरूलाई संसद्मा उठाउने तथा प्रवासी नेपालीलाई मताधिकार सुनिश्चित गर्न सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया