सिराहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

लोकपथ
35
Shares

काठमाडौं । सिराहा प्रहरीले गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरबाट लागु औषधसम्बन्धी १०९ वटा मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालयसहित मातहतका प्रहरी युनिटद्वारा सञ्चालन गरिएको अभियानमा विभिन्न प्रकारका लागु औषधसहित नेपाली तथा भारतीय गरी १८० जनालाई पक्राउ गरिएको प्रहरीको वार्षिक तथ्यांकले देखाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये १६८ पुरुष र पाँच जना महिला नेपाली रहेका छन् भने छ जना पुरुष र एक महिला भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । तीमध्ये १०७ वटा मुद्दा फर्छ्योट भइसकेका छन् भने दुई वटा मुद्दा अझै बाँकी रहेका छन् ।

यस अवधिमा प्रहरीले जम्मा एक हजार ३९ किलो ६०४ ग्राम गाँजा र एक किलो ५३५ ग्राम खैरो हिरोइन बरामद गरेको छ । 

यस्तै, गोप्य सूचनाका आधारमा गरिएको जाँच तथा निगरानीका क्रममा डाइजेपाम, फेनार्गन, बुप्रोनर्फिन, लुपिजेसिक, नाइट्राजेपाम, स्पास प्रो, कोडिनलगायत सिन्थेटिक लागु औषधसमेत बरामद गरी सम्बन्धित विरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखी निरन्तर निगरानी तथा कारबाही अभियान चलाइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पारवानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?