काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबिच ७ वर्षे अवधि तथा ७ प्रतिशत वार्षिक ब्याजदर भएको ऋणपत्र सूचीकृत गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँले आज हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार, प्रति कित्ता १,००० अंकित तथा चुक्ता मूल्य भएको कुल २५ लाख कित्ता ऋणपत्र दोस्रो बजारमा सूचीकरण गरिनेछ ।
ऋणपत्रको दोस्रो बजारमा कारोबार सुरु हुनेछ । सूचीकरण पश्चात् आवश्यक सेवा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु, काठमाडौंमार्फत उपलब्ध गराइनेछ ।
यस ऋणपत्र सूचीकृतसँगै लगानीकर्ताहरूलाई सुरक्षित आयआर्जनको नयाँ विकल्प थपिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया