मधेस प्रदेशका पूर्वप्रमुख अहिराजले बलात्कारको अभियोग लगाउने युवतीविरुद्ध नै हाले मुद्दा

लोकपथ
679
Shares

काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजले आफू विरुद्ध बलात्कारको जाहेरी दिने युवतीविरुद्ध नै आपराधिक लाभको अभियोगमा मुद्दा दायर गरेका छन् ।

बलात्कारको आरोपमा पक्राउ परेका अहिराजले जिल्ला अदालत काठमाडौंमा युवतीले धम्की दिँदै २० लाख मागेको र सामाजिक रूपमा बदनाम गर्ने चेतावनी दिएर तीन लाख लिएको दाबी गर्दै मुद्दा हालेका हुन् ।

युवतीले भने २०८१ जेठ ४ गते नयाँ बानेश्वरस्थित डेरामा बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?