दलको नेतामा पराजित भएपछि मुख्यमन्त्री लामाले भने– ‘राजीनामा दिन्न’

लोकपथ
3.1k
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफूले राजीनामा नदिने अडान कायम राखेका छन् ।

लामाले आफूले संसदीय दलको नेतामा पराजित भए पनि राजीनामा दिनुपर्ने कुनै आधार र कारण नभएको जिकिर गरे ।

यसअघि मंगलबार नै लामालाई बागमती प्रदेश कांग्रेस संसदीय दलले संसदीय दलको नेताबाट हटाएको थियो । आज पुनः संसदीय दलको नेता चयनका लागि निर्वाचन भयो । तर लामा पराजित हुन पुगे ।

पराजित भएपछि लामाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले राजीनामा नदिने बताए ।

उनले भने, ‘राजीनामा दिनुपर्ने कुनै आधार छैन । हामी संविधान अनुसार चल्ने हो ।’

त्यस्तै आफू संविधानको धारा १६२ अनुसार मुख्यमन्त्री बनेको र त्यहाँ मुख्यमन्त्री संसदीय दलको नेता हुनुपर्ने कुनै विषय नरहेको समेत दाबी गरेका छन् ।

आज भएको संसदीय दलको निर्वाचनमा लामाले १५ मत मात्रै प्राप्त गरेका थिए । उता कांग्रेस बागमती प्रदेशभा सभापति समेत रहेका प्रदेश सांसद इन्द्रबहादुर बानियाँले २१ मत प्राप्त गरेका थिए । बागमतीमा कांग्रेसको कुल ३७ सिट रहेको छ । सबै मत खसे पनि एक मत बदर हुन पुगेको थियो ।

त्यसो त ०८१ साल पुस १३ गते भएको बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचनमा लामाले बानियाँलाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?