अस्ट्रेलियाको पहिलो कक्षीय रकेट ‘एरिस’ उडेको १४ सेकेन्डमै दुर्घटनाग्रस्त

लोकपथ
805
Shares

काठमाडौं । अस्ट्रेलियामा निर्माण गरिएको पहिलो कक्षीय रकेट ‘एरिस’  उडेको १४ सेकेन्डमै दुर्घटनाग्रस्त भएको छ ।

गिलमोर स्पेस टेक्नोलोजीजले निर्माण गरेको २३ मिटर लामो रकेट बुधबार बिहान क्विन्सल्याण्डको बोवेन नजिकबाट उडाइएको थियो ।

कम्पनीले कुनै मानवीय क्षति नभएको बताउँदै प्रक्षेपणलाई ‘सफल प्रयास’ मानेको छ । चारै इन्जिनले राम्रोसँग काम गरेको र २३ सेकेन्ड इन्जिन जलेको कम्पनीको भनाइ छ ।

रकेटले कक्षमा पुग्न नसके पनि यो प्रयासलाई अस्ट्रेलियाली अन्तरिक्ष प्रविधिको महत्त्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ । यो ५० वर्षपछि अस्ट्रेलियाबाट गरिएको पहिलो कक्षीय प्रक्षेपण प्रयास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?