बागमतीमा साढे २ वर्षपछि उल्टियो नतिजा, कांग्रेस संसदीय दलको नेतामा बानियाँ

लोकपथ
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ चयन भएका छन् ।

केहीबेरअघि आएको मतपरिणाम अनुसार बानियाँ संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

बागमती प्रदेशमा ३७ प्रदेश सभा सदस्य रहेका छन् । जसमध्ये बाँनियाको पक्षमा २२ मत परेको थियो । त्यस्तै उनको प्रतिद्धन्दी बहादुर सिंह लामाले १४ मत मात्रै प्राप्त गरे । कुल मत खसे पनि एकमत भने बदर भएको थियो । कुल मतमध्ये २२ मत बहुमत भएकाले बाँनिया संसदीय दलको नेतामा चुनिएका हुन् ।

लामा अहिले मुख्यमन्त्री रहेका छन् । यसअघि नै लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो । संसदीय दलको बैठकले बहुमतका आधारमा लामालाई संसदीय दलको नेताबाट हटाएको थियो । यता लामा आफू संसदीय दलको नेता नभए पनि राजीनामा नदिने अडानमा आएका थिए । साथै उनी पुनः संसदीय दलको नेतामा पराजित भए पनि भने नैतिक संकटमा देखिएका छन् ।बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा बहादुर सिंह लामा

त्यसो त ०८१ साल पुस १३ गते भएको संसदीय दलको नेता चयनको निर्वाचनमा लामाले उनै बाँनियालाई हराएका थिए ।

त्यसबेला लामाले २१ मत प्राप्त गरेका थिए भने बानियाँले १६ मत मात्रै प्राप्त गरेका थिए । साढे २ वर्षपछि पुनः भएको संसदीय दलको निर्वाचनमा नतिजा उल्टिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?