काठमाडौं । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा केही मन्त्रीहरु नै निदाएका छन् ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत उपस्थ्ति रहेका थिए ।
आजको बैठकमा सांसदहरूले नेपाल अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्रयाजुएसन) भएपछिको अवस्थाबारे बहस गरिरहेका थिए ।
प्रधानमन्त्री ओलीसँगै केही मन्त्रीहरु बसेका थिए ।
प्रधानमन्त्री ओली चाखपूर्ण रुपमा भाषण सुनिरहेका थिए ।
तर प्रधानमन्त्री ओलीसँगै रहेका मन्त्रीहरु भने निदाइरहेका थिए । त्यसमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र रक्षामन्त्री मानबहादुर राई थिए । त्यति महत्वपूर्ण विषयमा बहस भइरहँदा स्वंय मन्त्रीहरु नै निदाएको भन्दै आलोचना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया