एनआईसी एशिया बैंक र लेमोन ट्री प्रिमियर होटलबिच विशेष  छुट सम्बन्धी सम्झौता 

लोकपथ
49
Shares

काठमाडौं । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबिच  विशेष छुट सम्बन्धी सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकहरूले बुढानीलकण्ठस्थित लेमोन ट्री प्रिमियर होटलमा विभिन्न सेवामा छुट पाउने भएका छन् ।

सम्झौताअनुसार, होटलको आवास सेवा, खाना र पेय पदार्थमा १५ प्रतिशत तथा स्पा सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ । यस्ता छुटहरू प्राप्त गर्न ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल रूपमा भुक्तानी गर्नुपर्नेछ ।

सम्झौतामा एनआईसी एशिया बैंकका तर्फबाट डिजिटल पेमेन्ट प्रमुख विमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् ।

बैंकले यस्तो सहकार्यले ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्नुका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?