पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उचित होइन : डा.शेखर कोइराला

लोकपथ
154
Shares

मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार सन् २०८४ सम्म निरन्तर चल्ने दाबी गरेका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.कोइरालाले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति र जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक भेटघाटबारे प्रश्न उठेपछि उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटघाट भएको स्पष्ट गर्दै त्यो स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताए । ‘राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ, अन्यथा राजनीति धराप पर्छ, ‘उनले भने ।

पूर्वराष्ट्रपतिहरूको सक्रिय राजनीतिमा सहभागिताबारे बोल्दै डा. कोइरालाले नेपालको संविधानले यस्तो गतिविधि रोक्न नसकेको भए पनि, उनीहरूको पुनः राजनीतिमा नफर्किएको नै राम्रो हुने धारणा व्यक्त गरे ।

गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नु आवश्यक रहेको उल्लेख गर्दै उनले नेपाली कांग्रेसभित्र हाल संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए ।

एक फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तय गरिएको मिति २०८२ भित्रै सम्पन्न हुने विश्वास व्यक्त गरे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?