सांसदहरुमा दलित भनेर थाहा पाएपछि भेदभाव हुने गरेको छ : सांसद आलेमगर

लोकपथ
616
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले सांसदहरूबिचमा छुवाछुत कायम रहेको बताएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बोल्दै उनले यस्तो  बताएका हुन् ।

उनले धेरै मानिसहरू जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए । उनले नेपालको संरचनागत बनावटका कारण पनि छुवाछुत जस्तो सामाजिक अपराध गर्नेहरू कानुनको दायरामा आउन नसकेको बताए । सामाजिक अपराध भनेको जघन्य अपराध भएको उल्लेख गर्दै करोडपति र दलितका विरुद्ध पनि छुवाछुत कायम रहेको र सांसदहरुमा दलित थाहा पाएपछि धेरै भेदभाव हुने गरेको बताए ।  

समितिको बैठकमा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले समाज परिवर्तनमा सबैले भूमिका खेल्नुपर्ने बताए । उनले छुवाछुतमुक्त समाज बनाउन आफूहरू सबै लागेको उल्लेख गरे । अझै पनि छुवाछुतको भावना राख्ने मानिसहरू समाजमा रहेको बताए । 

समितिको बैठकमा बुधबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?