छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
161
Shares

काठमाडौं । देशका दुई फरक स्थानमा मंगलबार करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१८ गुन्जनगरका ५० वर्षीय शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

घर नजिकै रहेको बारीमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने प्रयास गर्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए।

उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर लगिएकोमा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तै, उदयपुरको त्रियुगा नगरपालिका–१० का ४५ वर्षीय रामकृष्ण धामीको पनि करेन्ट लागेर मृत्यु भएको छ ।

विद्युत् पोलमा चढेर लाइन निर्माण गर्ने क्रममा उनी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको थियो तर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?