काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
बूढानीलकण्ठ नगरपालिका–१३ स्थित चुनिखेल, करूणा अस्पतालअगाडि रहेको एक निर्माणाधीन घरअगाडि ५० वर्षीय राजकुमार राईको शव बुधबार बिहान साढे ६ बजे फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार मृतक राईको घर खोटाङ हो भने उनी उक्त निर्माणाधीन घरमै बस्दै आएका थिए ।
उनको शव घरको मूल ढोकाअगाडि पछाडि फर्किएको अवस्थामा भेटिएको थियो । टाउकोको पछाडिपट्टिबाट रगत बगेको देखिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुमान अनुसार उनी लडेर टाउकोमा चोट लागेका हुनसक्ने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया