व्यक्तिको खातामा सरकारले पैसा पठाए मात्रै अर्थतन्त्र चलायमान हुन्छ : पूर्वगभर्नर नेपाल 

लोकपथ
1.2k
Shares

काठमाडौं । पूर्वगभर्नर चिरञ्जीवि नेपालले विकसित देशहरुमा सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन व्यक्तिको खातामा पैसा पठाइदिने गरे पनि नेपालमा कहिल्यै त्यस्तो नभएको बताएका छन् । 

नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको वर्तमान अवस्थामा देशको वित्तीय तथा मौद्रिक स्थिति विषय अन्तरक्रियामा बोल्दै उनले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले खर्च गर्न व्यक्तिको खातासम्मै पैसा हाल्न सक्नुपर्ने बताएका हुन् । 

उनकाअनुसार विस्तारकारी वित्तीय र मौद्रिक नीतिले मात्रै अर्थतन्त्रलाई गति दिन सक्छ । अहिले सरकारले लिएको वित्तीय नीति र मौद्रिक नीति लचक रहेको पूर्वगभर्नर नेपालले बताए । पूर्वगभर्नर नेपालकाअनुसार मौद्रिक नीतिले धेरै लचकता लिएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलाउने छ । यद्यपि लचिलो मौद्रिक नीतिकाका कारण जोखिमहरु पनि धेरै रहेको उनले बताए । पूर्वगभर्नर नेपालकाअनुसार ब्याजदर घट्दा पनि ऋण प्रवाह बढ्न नसक्नु, धेरै पैसा बजारमा थुप्रिनु सकारात्मक नरहेको बताए । 

उनले विगतमा स्टीमुलस प्याकेज ल्याएर अर्थतन्त्र सुधार्नुपर्नेमा सरकारहरु चुकेको बताए । यो  अर्थतन्त्र सुधार्न सरकारले कर छुटदेखि लगानी प्रवर्द्धनका निम्ति विभिन्न कार्यक्रमहरू ल्याउनुपर्छ । विस्तारकारी बजेटसँगै मौद्रिक नीति दुवै आउनुपर्छ । अहिले आएको विस्तारकारी मौद्रिक नीतिले पार्ने प्रभावका बारे केही दिनमै थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?