काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) जस्ताको तस्तै पास भए उद्योगधन्दा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
नेपाली कांग्रेस वित्तीय संस्था समन्वय विभागले आयोजना गरेको देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक कार्यक्रममा बोल्दै उनले ऐनमा संशोधनको प्रस्तावअनुसार जस्ताको त्यस्तै पारित भएमा उद्योग धन्दा नै बन्द गर्नुपर्ने अवस्था आउने र त्यसबाट आर्थिक गतिविधिमा गम्भीर असर पर्ने खतरा रहेको बताएका हुन् ।
अध्यक्ष ढकालकाअनुसार बाफियासँग सम्बन्धी ऐन संशोधन गर्न प्रस्तावित विधेयकमा बैंकर र उद्योगी छुटाउने प्रस्तावमा राखिएको परिभाषामा पुनः लेखन गर्नुपर्छ । ढकालले आर्थिक विकासको लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताए । उच्चस्तरीय आर्थिक आयोग गठन, आयोगको सुझावअनुसार विभिन्न ३० वटा कानुनहरुको संशोधन र बजेटमा निजी क्षेत्रलाई प्राथमिकता दिने जस्ता विषयले निजी क्षेत्र उत्साहित भएको उनको भनाइ छ ।
देशको आर्थिक समृद्धिका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण आवश्यक रहेको निजी क्षेत्रले बताउँदै आएकोमा वर्तमान सरकारले गरेका नीतिगत सुधारहरुको प्रयासहरु स्वागत योग्य रहेको उनले बताए । आ.व २०८२/८३ को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको सम्वाहक मानि आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ । यसबाट महासंघ आशावादी र उत्साहित भएको छ ।
अध्यक्ष ढकालले नेपालमा पर्याप्त सम्भावना भएकोले यी सम्भावनाबाटै आर्थिक समृद्धिको खाका कोर्न सकिने बताउँदै अध्यक्ष ढकालले नकारात्मक सोचबाट सकारात्मकताको दिशामा जानुपर्ने तर्क गरे । उनकाअनुसार देश विकासको लागि आन्तरिक तथा बाह्य पुँजी परिचालन आवश्यक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया