काठमाडौं । नेपाली कांग्रेस बागमती संसदीय दलको नेता पदका लागि मुख्यमन्त्री बहादुरसिंह लामा र प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ पुनः भिड्ने भएका छन् ।
हिजो मात्र कांग्रेस संसदीय दलको नेताबाट हटाएका लामाले पुनः सो पदमा आउन उम्मेदवारी दर्ता गराएका छन् । बानियाँले उम्मेदवारी दर्ता गराएको केही समयपछि लामाले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्यमन्त्री लामाले सांसद तीर्थ लामाको प्रस्ताव तथा अर्थमन्त्रीसमेत रहेका कुन्दन काफ्लेको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
हिजो मंगलबार कांग्रेस संसदीय दलमा भएको मत विभाजनमा ३७ सांसदमध्ये २२ सांसदले मुख्यमन्त्री लामाविरुद्ध मत दिएका थिए । जसका कारण दल नेता पद रिक्त भएपछि आज चुनाव गरेर पुनः चयन गर्न लागिएको हो ।
मतदान आज दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ ।
संसदीय दलको आज हुने निर्वाचनका लागि नेपाली कांग्रेस बागमतीका सह–महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया