काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ । यो मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर बुधबार २ हजार ३१० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया